२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप टी-२० को ट्रफी सगरमाथाको बेस क्याम्पमा प्रदर्शनी गरिँदै



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ट्रफी मंगलवार (आज) बाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ । ट्रफी प्रदर्शनीका सोमवार नेपाल ल्याइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलवार बिहान ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको क्यानले जनाएको छ ।

बुधवार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिनेछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमण अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो ।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।