२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले अघिल्लो निर्वाचनमा बुझाएको बन्दसूची असोज १ देखि खारेज हुँदै



अ+ अ-

काठमाडौँ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची भोलि असोज १ गतेदेखि स्वतः खारेज हुने भएको छ । निर्वाचन आयोगले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएको छ ।

यही असोज २ र ३ गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्वाचन कार्यतालिका छ ।

अघिल्लो निर्वाचनको बन्दसूची कायम भएको अवस्थामा त्यतिबेला बन्दसूचीमा परेकाहरुलाई आगामी निर्वाचनको बन्दसूचीमा समावेश गर्न मिल्छ वा मिल्दैन भन्ने अन्योल आयोगले समाप्त गरिदिएको हो ।