२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीद्वारा संसद् विघटनको बचाउ



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्नुभएको छ ।

शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले चालेको उक्त कदम उचित रहेको दाबी गर्नुभएको छ ।

‘अहिले सरकारले चुनाव घोषणा गरेको र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘निर्वाचनमा aजाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । निर्वाचनमा जाने कुरा पहिले पनि प्रतिगमन होइन । अहिले पनि प्रतिगमन होइन ।’