२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगद्वारा निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा प्रस्ताव (सूचीसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचन प्रयोजनका लागि उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभातर्फ पाँच वटा समूह बनाएको आयोगले क्रमशः २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख र ३३ लाख अधिकतम खर्च सीमा प्रस्ताव गरेको छ ।

त्यस्तै प्रदेशतर्फ पनि आयोगले पाँच वटा समूह बनाई अधिकतम खर्च प्रस्ताव गरेको छ । जसअनुसार क्रमशः १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ ।

आयोगले २०७४ को निर्वाचनमा कुनै समूह नबनाई प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

आयोगले यसपटकको निर्वाचनमा निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कूल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमि) लाई २५ प्रतिशत र मतदान केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो। यसमा १८ प्रतिशत मुद्रास्फीति पनि जोडिएको छ ।

 

https://drive.google.com/file/d/1RJsnkYkK4a23VwPRJVFEvm_nHhakjTHk/view?usp=sharing