२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो ।

शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले एक–एक स्वर्ण हात पारेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश नं १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित तीन रजत र दुई कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेस प्रदेशले दुई रजत, बागमतीले दुई रजत, एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो ।

प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।