२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसियासँगको सेमिफाइनल खेलबाट मेसी बाहिर हुन सक्ने !



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ को सेमिफाइनल खेलअघि अर्जेन्टिनाको टोली समस्यामा पर्न सक्ने भएको छ । टोलीका कप्तान लियोनल मेसी सहित धेरै प्रमुख खेलाडीहरूले फिफा कारबाहीको सामना गर्न सक्छन् र क्रोएसिया विरुद्धको सेमिफाइनलबाट बाहिरिन सक्छन् ।

क्वाटरफाइनल खेलमा अर्जेन्टिनाका खेलाडीहरू नेदरल्यान्ड्सका खेलाडीसँग प्रतिस्पर्धा गर्दै थिए । खेलमा, रेफ्रीले कुल १७ कार्ड देखाए । यसै क्रममा अर्जेन्टिनाका कप्तान मेसीले म्याच रेफ्रीसँग बहस गरेका थिए । यसैबीच, अब फिफाले यस विषयमा कारबाही सुरु गरेको छ ।

फिफाले सेमिफाइनल खेलअघि नै आफ्नो निर्णय दिन सक्छ र यदि मेसीलाई केही खेलको प्रतिबन्ध लागेमा उनी क्रोएसियाविरुद्धको सेमिफाइनल खेल खेल्न पाउने छैनन् ।

फिफा विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सका खेलाडीहरु पटक पटक झगडा नै गरेका थिए । खेलाडीहरूले खेलभर बहस गरे र स्पेनिस रेफ्री एन्टोनियो मिगुएल लाहोजले कुल १७ कार्ड दिए । यसैबीच उनले नेदरल्याण्ड्सका खेलाडी डेनजेल डम्फ्रिजलाई पनि रातो कार्ड दिए । यो विश्वकपको खेलमा रेफ्रीले देखाएको सबैभन्दा धेरै कार्ड समेत हो ।

खेलका क्रममा लियोनल मेसीले गोल गरेपछि नेदरल्याण्ड्सका प्रशिक्षकसामु खुसी मनाए । यसैबीच, खेलपछि, उनी र अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले म्याच रेफ्रीको आलोचना पनि गरे । अहिले फिफाले यस विषयमा कारबाही सुरु गरेको छ ।

फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘फिफाको अनुशासन समितिले नेदरल्याण्ड्स र अर्जेन्टिनाको बीचको फिफा विश्वकपमा फिफा अनुशासन संहिताको धारा १२ (खेलाडी र अधिकारीहरूले दुर्व्यवहार) र १६ (खेलहरूमा आदेश र सुरक्षा) को सम्भावित उल्लङ्घनको कारण अर्जेन्टिना फुटबललाई एसोशियसनमाथि कारबाही सुरु गरेको छ । खेल डिसेम्बर ९ मा भएको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ । ‘अतिरिक्त, फिफा अनुशासन समितिले समान खेलको सम्बन्धमा फिफा अनुशासन संहिताको धारा १२ को सम्भावित उल्लङ्घनको कारणले डच फुटबल संघ विरुद्ध कार्यवाही सुरु गरेको छ ।’

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा भएको घटनाप्रति फिफा निकै आक्रोशित छ । खेललाई आफ्नो नियन्त्रणमा राख्न नसकेपछि यस खेलका रेफ्रीलाई हटाइयो । अहिले खेलाडीमाथि पनि कारबाही थालिएको छ । यदि मेसी पनि दोषी पाइएमा उनलाई केही खेलको प्रतिबन्ध पनि लाग्न सक्छ । यस्तो अवस्थामा उनले क्रोएसियाविरुद्धको खेलबाट बाहिर रहनुपर्नेछ ।