२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक सुरु, अध्यक्ष ओली बोल्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकलाई अहिले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

सत्ता गठबन्धनका तीन राजनीतिक दलले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) माथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएपछि सोबारे धारणा बनाउन संसदीय दलको बैठक बसेको हो । बैठकमा महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णय हुने बताइएको छ । 

यसअघि हिजो आइतबार पार्टी अध्यक्ष ओली निवास बालकोटमा भएको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

सो बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको थियो । एमाले महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताउनुभएको थियो।