२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको बैठकअघि प्रधानमन्त्रीलाई भेटेर फर्किए देउवा



file
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाणको गिरफ्तारीपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब बढेको छ ।

खाणलाई पार्टीले तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निर्णय गर्न देउवामाथि दबाब बढेको हो ।

यसैबीच देउवाले पार्टीको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका छन् । दाहाललाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वान टु वान वार्ता भएको बताइएको छ ।

खाण प्रकरणमा बुधबार साँझको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल निलम्बन गर्नुपर्ने माग राखेका थिए । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक धुम्बाराहीस्थित देउवाको निवासमा केहीबेरमै बस्दै छ ।