२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ



अ+ अ-

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ । स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो । आश्रममा भारत र नेपालका भक्तजनका घुइँचो लाग्ने गरेको छ । उक्त आश्रमलाई व्यवस्थित गरी पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सरसफाइ गरिएको सरसफाइ महाअभियानका संयोजक हेमन्त चौधरीले बताउनुभयो ।

उहाँले आश्रम पुग्ने सडक मर्मत गरिनुका साथै चौडा गरिएको बताउनुभयो । ‘वर्फानी बाबालाई चिनाऔँ, सरसफाइ अभियानमा सहभागी बनौैँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अभियानमा सहभागीले सडकमा उम्रेका झार, काठ, सुकेका रुख हटाएको संयोजक चौधरीले जानकारी दिनुभयो । “यो आश्रम हामी स्थानीयका लागि धार्मिकसँगै पर्यटनको दृष्टिकोणले जोडिएको छ”, उहाँले भन्नुभयो, “यहाँको सबै कुरामा हामी युवाले नै ध्यान दिनुपर्ने हाम्रो कर्तव्य र जिम्मेवारी भएको हुनाले हामीले सरसफाइ अभियानलाई सुरु गरेका हौँ ।”

सरसफाइ ‘महाअभियान’को पहिलो दिन युवाको उत्साहपूर्ण सहभागिताले अभियानलाई निरन्तरता दिन थप हौसला मिलेको बताउँदै सरसफाइ तथा सडक मर्मतलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अभियानमा देखिएको सहभागिताले असाध्यै उत्साहित भएको छु”, उहाँले भन्नुभयो, “युवाको सहभागिताले आफ्नो गाउँठाउँको धार्मिक पर्यटकीयस्थलको विकासका लागि अरुको मुख ताक्नुभन्दा आफँैले गर्न सक्ने सन्देश दिएको छ ।”

सरसफाइ अभियानमा सहभागी हुनुभएका राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारूले वर्फानी आश्रममा धार्मिक पर्यटकको सङ्ख्या वृद्धि तथा पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यसअघि नै शिव मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले धार्मिक पर्यटनले राप्तीसोनारीको आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरसफाइ अभियानमा सहभागी राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओली ९ज्ञानु०ले आश्रम क्षेत्रमा शौचालयको व्यवस्था नहुँदा दुर्गन्ध फैलिनुका साथै प्लाष्टिकको बोत्तल, गिलास, प्लेट जथाभावी फालेका कारण फोहर थुप्रिँदै गएको बताउँदै सरसफाइ गर्न आवश्यक रहेको बताउनुभयो । “यो ठाउँ आस्थाको मन्दिरसँगसँगै पर्यटनसँग पनि जोडिएको हुनाले यहाँ भक्तजनसँगै पर्यटक पनि आउने भएकाले उनीहरूका लागि शौचालयको र फोहर फाल्नका लागि व्यवस्थापन नभएको हुँदा जथाभावी फोहर फाल्ने र शौच गर्ने हुनाले पनि यो क्षेत्र दुर्गन्धमय बन्दै थियो”, उहाँले भन्नुभयो, “यस विषयमा समयमै विचार नगरिएको हुन्थ्यो भने भोलिका दिनमा यहाँ दर्शन गर्न र घुम्नका लागि आउनेको भीड कम हुँदै जाने सम्भावना बढी देखिन्थ्यो ।”

सरसफाइ अभियानमा राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ओली, ४ का वडाध्यक्ष मीनराज खड्का, ६ का वडाध्यक्ष लबराज खरेल, इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय नरैनापुरको समेत सहभागिता रहेको थियो । सहभागी युवाले आश्रम क्षेत्रमा रहेका फोहर बटुलेर विसर्जन गरेका थिए । कार्यक्रमका सहभागीले हातमा राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बेल्चालगायतका सामग्री लिएर आश्रम पुगेका थिए । सरसफाइपश्चात आश्रम परिसरमा रहेको शिव मन्दिरका अगाडि विशाल राष्ट्रिय झण्डा अग्लो स्थानमा गाडेर फहराएको अभियानका संयोजक चौधरीले बताउनुभयो । अभियान हरेक शनिबार हुनेछ ।रासस