२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा विचाराधिन विषय संसदमा उठाइनुहुन्नः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै काँगेस सांसद अजय चौरसियाको बिरोध गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धि विवादबारे बोल्नुभएको थियो । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो । अदालतमा विचाराधिन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाई थियो । उहाँले सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि बताउनु भयो । उहाँले अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘सभामुख महोदय, म एक मिनेट बोल्न चाहन्छु । सम्माननीय सभामुख महोदय, सम्मानित अदालतमा भएको विषयलाई रोष्टममा बसेर उठाएर माननीयजीले के कुरा गर्न खोज्नुभएको हो ? यो सम्मानित अदालतको अपमान हो कि अथवा उहाँले सुनेका भरमा कुराकानी गर्न खोज्नुभएको हो कि ? मेरो निस्सा तपाईलाई बुझाउनुपर्ने हो ? मैले भन्न चाहन्छु । र, तपाईको जानकारीका लागि माननीयज्यु, सम्मानित अदालतमा मैले नमागेपनि अस्तिका दिन गएर बुझाएर त्यसलाई दर्ता गराएर उपलब्ध गराएको छु । र, नेपाल सरकारसँग, सम्मानित अदालतसँग र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको छु ।

सम्मानित अदालतको विषय संसदमा उठाउन पाइँदैन सभामुख महोदय । म गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । हल्लाको भरमा लेखिएको न्युजको हेडलाईनको विषयलाई लिएर तपाईले ससंदमा कुरा उठाउनु भयो भने यस्ता कुराहरु यति धेरै हुन्छन कि यो संसदमा त्यही मात्रै कुरा हुन्छ । तपाईले आफ्ना कुराहरु राख्नु होला, आफ्ना विषयहरु राख्नुहोला । हल्लाको भरमा आरोप लगाएर संसदको रोष्टममा बसेर यस्तो कुरा गर्ने हो भने सभामुख महोदय, यो संसदको गरिमा कहाँ पुग्छ ? यो कुरा संसदको रेकर्डबाट हटाइयोस् । भन्ने माग गर्न चाहन्छु । यो हल्लाको विषय प्रश्तुत गर्ने ठाउँ होइन ।’

सांसद चौरसियाले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको जिकिर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘जसरी नागरिकता बदर भएर, बाहिरको नागरिकता त्यागेको निस्सा पेस नगरीकन पुनः नागरिकता लिने काम गरियो ।’

त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराउनुभएको थियो ।