२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैनः विष्णु पौडेल



अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताउनुभएको छ ।

सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताउनुभएको हो । उहाँले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताउनु भयो । उहाँले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेको बताउनु भयो। उहाँले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताउनु भयो। उहाँले अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाईबाट समाधान दिनुपर्ने थियो त्यस हिसावले बजेट आउन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन । आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन । अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाईबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन। बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दानक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

उहाँले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दानक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताउनु भयो।