२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ



अ+ अ-

काठमाडौँ । सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहकाबीच वैरागीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ अन्य मन्त्रीहरू सहभागी थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । ३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।