२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट फोहोर लिएर गएका टिपरलाई सिस्डोल र बन्चरेडाँडाका स्थानीयको अवरोध



फाईल फोटो
अ+ अ-

काठमाडौं । सिस्डोल र बन्चरेडाँडाका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाएका छन् ।

सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा गएका करिब ५० वटा टिफरहरु स्थानीय तथा जनप्रतिनिधिको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकेका थिए । धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई सरकारले पटकपटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्नेलगायतका सहमति गरेको थियो । तर अहिले महानगरले विना वर्गीकरण फोहोर संकलन गर्दै आएको छ ।