२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डीमा नेपाल इरानसँग पराजित



फाईल फोटो
अ+ अ-

हाङझाव । एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो । नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्‍यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाउदै कम्तीमा कांस्य पदक पक्का गर्ने छ ।