२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई इजरायली राजदूत गोडरद्वारा हुलाक टिकट हस्तान्तरण



अ+ अ-

काठमाण्डौ । संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनको भ्रमणबाट फर्के लगत्तै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि इजरायली राजदूत हनान गोडरले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।

भेटका क्रममा राजदूत गोडर र प्रधानमन्त्री प्रचण्डबीच प्रचण्डद्वारा हालै गरेको अमेरिका र चीन भ्रमण बारेमा कुराकानी हुनुको साथै नेपाल र इजरायल बीचको दुई पक्षीय सम्वन्धबारे छलफल भएको राजदूत गोडरले बताए ।

भेटका क्रममा राजदूत गोडरले सन् २०१० मा नेपाल र इजरायल सरकारद्वारा संयुक्तरुपमा प्रकाशित हुलाक टिकट संग्रह पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

सो हुलाक टिकटमा समुन्द्र सतहदेखि संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा (८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो) र सबैभन्दा होचो ठाउँ इजरायल र जोर्डनको वीचमा रहेको मृत सागर (माइनस ४३८ मिटर) को तस्वीर अंकित रहेको छ ।