२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डका रचिनले राखे यस्तो रेकर्ड



अ+ अ-

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा रचिन रविन्द्रले आफ्नो ब्याटिङबाट फ्यानलाई मनोरञ्जन दिए ।

इंग्ल्याण्डका महान् बलरले यी २३ वर्षका युवा ब्याट्सम्यानको अगाडि खुलेर खेल्न सकेनन् । बिहीबार विश्वकप २०२३ को उद्घाटन खेलमा न्युजिल्याण्डका ब्याट्सम्यानले धेरै चौका र छक्का प्रहार गर्दै डिफेन्डिङ च्याम्पियनको बलिङ आक्रमणलाई ध्वस्त पारे । रचिन रविन्द्रले तुफानी शतकसँगै धेरै ठूला कीर्तिमान पनि तोडेका छन् ।

पहिलो बलमै उत्कृष्ट लयमा देखिएका रचिन रविन्द्रले इङ्ल्यान्डका हरेक बलरलाई चुटे । द्रुत अर्धशतक बनाएपछि न्युजिल्याण्डका ब्याट्सम्यानले ८२ बलमा विश्वकपमा आफ्नो पहिलो शतक पुरा गरे ।

रचिन विश्वकपको इतिहासमा न्युजिल्याण्डका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बने । यससँगै उनी ५० ओभरको विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा न्यूजिल्याण्ड ब्याट्सम्यान पनि बने ।

समग्र कीर्तिमानको कुरा गर्ने हो भने विश्वकपमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान विराट कोहलीको नाममा छ । कोहलीले २२ वर्ष १०६ दिनको उमेरमा एकदिवसीय डेब्युमा शतक बनाएका थिए । रचिन रविन्द्रले २३ वर्ष ३२१ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् ।

शतक खेल्दै रचिन रविन्द्रले डेभोन कोनवेसँग कीर्तिमानी साझेदारी पनि गरे । न्युजिल्याण्डका दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि २७३ रनको अटूट साझेदारी गरे, जुन विश्वकप इतिहासमा न्युजिल्याण्ड टोलीले बनाएको सबैभन्दा ठूलो साझेदारी पनि हो। कोनवेले १५२ रन बनाएर अविजित रहे भने रविन्द्रले १२३ रनको अविजित इनिङ खेले ।