२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आज दुई खेलः अफगानिस्तान र बंगलादेश तथा दक्षिण अफ्रिका र श्रीलंका भिड्दै



अ+ अ-

एजेन्सी । भारतमा जारी आईसीसी एकविदसीय विश्वकप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए)मा हुनेछ । यो खेल बिहान १०ः४५ बजे सुरु हुनेछ । टस ३० मिनेट अगाडि अर्थात् १०ः१५ बजे हुनेछ ।

दोस्रो खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ ।

बंगलादेश भर्सेस अफगानिस्तानः
हेड टु हेडः
सन् २०१५ र २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तान र बंगलादेशबीच दुई खेल खेलिएको थियो । दुवैमा बंगलादेश विजयी भयो । दुई टोलीबीच कुल १५ ओडिआई खेलिएको छ । बंगलादेशले ९ खेल जितेको छ भने अफगानिस्तानले ६ खेल जितेको छ ।

दुवै टोलीले पछिल्लो पटक गत अगस्ट–सेप्टेम्बरमा एसिया कपमा आमनेसामने भएका थिए । जसमा बंगलादेश ८९ रनले विजयी भयो ।

बंगलादेशले पछिल्ला ५ ओडिआईमध्ये एउटा खेल मात्र जितेको छ । तीनमा हार ब्यहोर्दा एक खेल भने अनिर्णित रह्यो । बंगलादेशले यस वर्ष खेलेका २० मध्ये ८ ओडिआई जितेको छ । तीन खेलमा भने नतिजा आएको छैन । टोलीले नौ खेलमा हार बेहोरेको थियो ।

नजमुल हुसेन शान्तो सन् २०२३ मा एकदिवसीय क्रिकेटमा बंगलादेशका लागि सर्वाधिक स्कोरर ( १५ खेलमा ६९८ रन) हुन् । बलिङमा तस्किन अहमदले सर्वाधिक विकेट (११ खेलमा २१ विकेट) लिएका छन् ।

अर्कोतर्फ अफगानिस्तानले पछिल्ला पाँच खेलमा हार बेहोरेको छ । टोलीले २०२३ मा खेलेको ११ ओडीआई मध्ये ३ खेलमा जित निकाल्दा ८ खेलमा हार्यो । अफगानिस्तानका लागि यो वर्ष इब्राहिम जाद्रानले सर्वाधिक रन (११ खेलमा ४७८ रन) बनाएका छन् । बलरमा फजलहक फारुकीले उत्कृष्ट प्रदर्शन (११ खेलमा १५ विकेट) गरिरहेका छन् ।

मौसम कस्तो रहला ?
यो सुन्दर सहर धर्मशाला शनिबार बादल रहनेछ । वर्षाको सम्भावना ६० प्रतिशत छ । तापमान १८ देखि २३ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) को पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । तर, चिसो मौसम र तीव्र हावाका कारण पेसर्सलाई सुरुमा केही सहयोग मिल्न सक्छ ।

दक्षिण अफ्रिका भर्सेस श्रीलंका
आजको दोस्रो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

हेड टु हेड
दक्षिण अफ्रिकाले पछिल्लो पाँच ओडीआई खेलमध्ये तीनमा जित निकालेको छ । विश्वकपअघिको घरेलु शृंखलामा पनि टोलीले अष्ट्रेलियालाई हराएको थियो । पछिल्लो पाँच खेलको कुरा गर्ने हो भने दुवै टोली एउटै देखिन्छन् । श्रीलंकाले पनि पछिल्लो पाँच ओडीआई खेलमध्ये तीन जितेको छ ।

दुई टोलीबीच हालसम्म ८० ओडीआई खेलिएको छ । दक्षिण अफ्रिकाले ४५ खेल जितेको छ भने श्रीलंकाले ३३ खेल जितेको छ । एक खेल बराबरीमा परेको थियो भने एकमा नतिजा आउन सकेन । विश्वकपमा यी दुईबीच ६ खेल भएका छन् । दक्षिण अफ्रिकाले ४ मा जित्यो भने श्रीलंकाले एक मात्र जित्यो । जबकि एक खेल टाई रह्यो ।

यो वर्ष अर्थात् २०२३ मा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले राम्रो कप्तानी मात्र गरेका छैनन् धेरै रन पनि बनाएका छन् । बाभुमाले १० खेलमा ६३७ रन बनाएका छन् ।

दक्षिण अफ्रिकाको बलिङ युनिटलाई हेर्ने हो भने बायाँ हात तेज बलर मार्को यान्सन यो वर्ष धेरै सफल छन् । ६ फिटभन्दा बढी अग्लो भएका यान्सनले २०२३ मा हालसम्म खेलेका ११ ओडिआई खेलमा १६ विकेट लिएका छन् ।

निसान्का र तिक्षाणा श्रीलंकाका लागि महत्त्वपूर्ण छन्
श्रीलंकाको ब्याटिङ गहिरो छ । पथुम निसान्का यस वर्ष उनीहरुका लागि सर्वाधिक स्कोरर बनेका छन् । निसान्काले २० ओडीआई खेलमा ८१९ रन बनाएका छन् र यस अवधिमा उनको औसत ४५.५० रहेको छ ।

बलिङको कुरा गर्ने हो भने दक्षिण अफ्रिकी टोली मात्र नभई यो विश्वकपमा सहभागी हुने हरेक टोलीले महिष तिक्षाणालाई हेरिरहेका छन् । यी बलरले २०२३ मा अहिलेसम्म जम्मा १५ खेल खेलेका छन् र ४.५० को उत्कृष्ट इकोनोमीमा ३१ विकेट लिएका छन् ।

मौसम कस्तो छ ?
नयाँ दिल्लीमा शनिबार पानी पर्ने सम्भावना छैन । यस अवधिमा तापमान लगभग २६ डिग्री सेल्सियस हुनेछ । यद्यपि, आर्द्रताले केही असुविधा हुन सक्छ । यो लगभग ४० प्रतिशत हुनेछ ।

अरुण जेटली स्टेडियमको विकेट स्पिनमैत्री मानिन्छ । यहाँको आउटफिल्ड निकै छिटो छ, तर धिमी पिचलाई हेर्दा यो खेल लो स्कोरिङ हुने अपेक्षा गर्न सकिन्छ । पहिलो इनिङको औसत स्कोर २३० रन रहेको छ । यस रंगशालामा भएका पछिल्ला ५ खेलमध्ये ४ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।