२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलानको शतक तथा बेयरस्टो र रुटको अर्धशतकमा इंग्ल्याण्डले बंगलादेशलाई दियो ३६५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को दोस्रो डबल हेडरको पहिलो खेल इङ्ल्यान्ड र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा जारी छ । इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ ।

बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले नौ विकेट गुमाएर ३६४ रन बनाएको हो ।

पहिलो विकेट ११५ रनमा खसेपछि पनि इंग्ल्यान्डका ब्याट्सम्यानले इनिङ्सलाई नियन्त्रणमा राखे । डेविड मलान र जो रुटले दोस्रो विकेटका लागि ११७ बलमा १५१ रनको साझेदारी गरे जसमा रुटले ६९(५८) र मलानले ७९(५९) रन बनाए । यो साझेदारी मेहदी हसनले तोडेका थिए ।

इंग्ल्याण्डका ओपनर डेभिड मलान शतक बनाएर आउट भए । उनले १०७ बलमा १४० रनको इनिङ खेले । यो उनको एकदिवसीय करियरको छैटौं शतक हो । उनलाई मेहदी हसले आउट गरेका थिए ।

इंग्ल्याण्डका लागि ओपनिङमा आएका जोनी बेयरस्टो अर्धशतक बनाएर आउट भएका थिए । उनले ५९ बलमा ५२ रनको इनिङ खेले । यो उनको एकदिवसीय करियरको १६ औं अर्धशतक हो । उनलाई शकिब अल हसनले आउट गरेका थिए । बेयरस्टोको करियरको यो १०० औं ओडीआई हो ।

यस्तै, जोए रुटले ६८ बलमा ८२ रन जोडे । उनको इनिङ्समा ८ चौका र १ छक्का प्रहार गरे ।  जोस बटलर र ह्यारी ब्रुकले २०/२० रन जोडे । क्रिस वोक्सले ११ बलमा १४ रन जोड्दा मार्क वुड ६ तथा रिकी टोपले १ रनमा अविजित रहे ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले चार विकेट लिए भने शोरीफुल इस्लामले तीन तथा शकिब अल हसन र ताक्सिन अहमदले एक–एक विकेट लिए ।