२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेशी आज पनि स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेकोमा फाँट नम्बर २८ मा रहेको सन्दीपको मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको सूचना अधिकारी दीपक दाहालले बताए । यससँगै फाँट नम्बर २८ मा परेको सबै मुद्दा स्थगितको सूचीमा परेको छ ।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दामा विभिन्न बाहानामा पछाडि धकेलिदै आएको छ ।

गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाईफास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।




भर्खरै