२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौं । घरेलु मैदान नेपालमा आयोजना हुन लागेको टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।

भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरिएको हो ।

हङकङ काठमाडौं नआइसकेकाले नेपालका कप्तान रोहित पौडेल र यूएईका कप्तान मोहम्मद वासिमले ट्रफी सार्वजनिक गरेका हुन् ।

काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेलमा भोली बुधबार नेपाल र यूएई खेल्दैछन् । कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् । फाइनल खेल कात्तिक १० गते हुने छ । प्रतियोगिताको फाइनलबाहेक सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । टी–ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीस्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपालले स्पिनर सन्दीप लामिछानेविना सिरीज खेल्नेछ । सन्दीपले आफूलाई टीममा समावेश नगर्न आग्रह गरेका थिए । यस्तै, अर्का स्पिनर ललित राजवंशीले भने खेल्नेछन् । उनीले चोटका कारण पछिल्लो खेल गुमाएका थिए ।

नेपाली टोली: रोहित पौडेल (कप्तान), आशिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, ललित राजवंशी, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा ।