२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक शृंखला: युएईद्वारा नेपाल चार विकेटले पराजित



अ+ अ-

काठमाडौं: नेपाल, हङकङ र युएईबीचको त्रिकोणात्मक शृंखलाको उपाधि युएईले जितेको छ । नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष युएईले छ विकेट गुमाएर पूरा गरेको थियो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले ७, कुशल मल्लले १, रोहित पौडेलले १८, दीपेन्द्र सिंह ऐरीले २०, सन्दीप जोराले १०, गुल्सन झाले ५, सोमपाल कामीले १३ र करन केसीले २३ रन बनाएका थिए ।

युएईका लागि आयन अफजल खानले ३, अलि नासेर र जहूर खानले समान २,२ तथा जुनेद सिद्धिकीले १ विकेट लिएका थिए ।

जवाफमा युएईको टिमले सुरुदेखि नै नेपालमाथि दबाब बनाएको थियो । युएईका कप्तान मोहम्मद वासिमले गुल्सन झाको बलमा आउट हुनुअघि ४५ रन बनाएका थिए । त्यस्तै, आर्यन्स शर्माले २५, भित्र्या अरबिन्दले २६ रन बनाएका थिए ।

नेपालका लागि गुल्सन झा र अविनाश बोहराले समान दुई दुई विकेट लिएका थिए भने कुशल मल्लले १ विकेट लिएका थिए ।