२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच भिडन्त



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल आज मुम्बईमा हुँदैछ । खेल तालिकाको शीर्ष स्थानमा रहेको भारत र २०१९ को उपविजेता न्युजिल्याण्डबीच हुनेछ । वानखेडे रंगशालामा दिउँसो सवा २ बजे सुरु हुने खेलको दिउँसो १ः४५ बजे टस हुनेछ ।

टीम इन्डियाले आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्नेछ भने न्युजिल्यान्डले नवौं पटक खेल्नेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्दैछन् ।

म्यानचेस्टर २०१९ देखि मुम्बई २०२३ सम्म । चार वर्षपछि फेरि एकदिवसीय विश्वकपको सेमिफाइनलमा दुवै टोली आमनेसामने हुँदैछन् । १० जुलाई २०१९ मा भारत विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डसँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

२०१९ मा पनि भारतलाई विश्वकप जित्ने बलियो दावेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो ।

दुई पटकको विश्व च्याम्पियन भारतीय टोलीले यस विश्वकपको लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हरेक क्षेत्रमा आफूलाई प्रमाणित गरेको छ । भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रह्यो । टोलीले पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो ।

गत विश्वकपको उपविजेता न्युजिल्याण्डले यस विश्वकपमा उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो । यसपछि टोलीले बंगलादेश, अफगानिस्तान र नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लगातार ४ जितपछि न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा थियो तर यहाँबाट भने टोलीले लगातार ४ हार बेहोरेको थियो । भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको थियो । लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै टोली सेमिफाइनलमा स्थान बनायो । टोलीले ९ मध्ये ५ खेल जितेर अंक तालिकाको ४ नम्बरमा रहेर नकआउटमा प्रवेश गरेको हो ।

एकदिवसीय विश्वकपमा भारतविरुद्ध न्युजिल्याण्ड हाबी छ । प्रतियोगितामा यी दुईबीच १० वटा खेल भएका थिए । जसमध्ये ५ मा न्युजिल्याण्डले जित्यो भने ४ मा भारतले जित्यो । २०१९ मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो ।

दुवै टोली यस विश्वकपको २१ औं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए । खेल धर्मशालामा भएको थियो । यो खेल भारतले ४ विकेटले जितेको थियो ।

भारत र न्युजिल्याण्डबीच हालसम्म कुल ११७ ओडीआई खेलिएको छ । भारतले ५९ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित रह्यो भने एक खेल टाईमा सकियो ।

कस्तो छ वानखेडेको पिच ?
वानखेडे रंगशालाको पिच ब्याटिङमैत्री छ । यहाँ राम्रो बाउन्सका कारण बल ब्याटमा राम्रोसँग आउँछ । प्रतियोगिताको पाँचौ र अन्तिम खेल यस रंगशालामा हुँदैछ । आजको खेलमा टसले सानो भूमिका खेल्न सक्छ, किनकि यहाँ यस विश्वकपको ४ मध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।

वानखेडेले अहिलेसम्म कुल २७ ओडिआई खेलहरू आयोजना गरिसकेको छ । जसमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १४ खेल जितेका छन् भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १३ खेल जितेका छन् ।

अर्थात् पुराना कीर्तिमान हेर्दा यहाँ टसले कुनै महत्वपूर्ण भूमिका खेल्दैन । यहाँको उच्चतम टिम स्कोर ४३८ हो, जुन सन् २०१५ मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो । सबैभन्दा कम स्कोर ५५ रन हो, जुन जारी प्रतियोगितामा श्रीलंकाले भारतविरुद्ध बनाएको थियो ।

खेलअघि मुम्बईको मौसममा कुनै समस्या छैन । आज मुम्बईको मौसम सफा रहनेछ । वर्षाको सम्भावना छैन । यस अवधिमा हावाको गति ६ किलोमिटर प्रतिघण्टा रहनेछ । तापमान २५ देखि ३६ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलीका सम्भावित सुरुवाती-११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज ।

न्युजिल्याण्ड: केन विलियमसन (कप्तान), रचिन रविन्द्र, डेभोन कोनवे, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, लोकी फर्ग्युसन, टिम साउथी र ट्रेन्ट बोल्ट ।