२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय टोलीमा रिंकु सिंहले स्थान पाए, आरसीबी र जीटीका दुई खेलाडीको भाग्य पनि चम्कियो



अ+ अ-

एजेन्सी । भारतीय टोलीले डिसेम्बरमा दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । यहाँ उसले एकदिवसीय, टी–२० र टेस्ट सिरिजमा भाग लिनेछ । बीसीसीआईले बिहीबार टोलीको घोषणा गरेको हो ।

अचम्मको कुरा के छ भने एकदिवसीय टोलीमा युवा खेलाडीलाई मौका दिइएको छ । रोहित शर्मा, विराट कोहली र शुभमन गिललाई विश्राम दिइएको छ । टिममा रिंकु सिंह, रजत पाटीदार र साई सुदर्शन परेका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय शृंखलाका लागि केएल राहुललाई भारतीय टोलीको कप्तान दिइएको छ । आईपीएलमा आरसीबीबाट खेल्ने रजत पाटीदार र गुजरात टाइटन्सबाट खेल्ने साई सुदर्शनलाई पनि टोलीमा समावेश गरिएको छ ।

दक्षिण अफ्रिका भ्रमण यी दुई अनक्याप्ड खेलाडीहरूको लागि सिजन ओपनर हुन सक्छ । यसबाहेक टी–२० मा उत्कृष्ट प्रदर्शन गर्ने रिंकु सिंहले पनि एकदिवसीय टोलीमा स्थान पाएका छन् ।

चोटबाट निको भएपछि रजत पाटीदार विजय हजारे ट्रफीमा तरंग मच्चाइरहेका छन् । मध्य प्रदेशका लागि खेल्दै उनले आफ्नो पहिलो खेलमा ५२ बलमा ६४ रनको द्रुत इनिङ खेले । यससँगै उनले नागाल्याण्डविरुद्ध २७ बलमा ७० रनको तुफानी पारी खेलेका थिए ।