२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० सिरिजः अफगानिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित



अ+ अ-

एजेन्सी । अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । इन्दौरको होल्कर स्टेडियममा आइतबार भएको खेलमा भारतीय टोलीले १५.४ ओभरमा ४ विकेट गुमाएर १७३ रनको लक्ष्य पुरा गरेको थियो ।

ओपनर यशस्वी जैसवालले ३४ बलमा ६८ रनको इनिङ खेले भने शिवम दुबेले ३२ बलमा अविजित ६३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १७२ रन बनाएको थियो ।

गुलबदिन नाइबले ३५ बलमा ५७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए ।

यो जितसँगै भारतीय टोलीले ३ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल १७ जनवरीमा बैंगलोरमा हुनेछ ।