२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बहराइनसँग ३–० ले पराजित, विश्वकप र एसिया छनोटबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलले स्तब्ध बनेको हो । यो नतिजासँगै नेपाल विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिएको छ ।

बहराइनले तीनै गोल पहिलो हाफमा गरेको हो । खेलको ७ औं मिनेटमा सायद बकिरले, १८ औं मिनेटमा अबदुल्लाह युसुफ हेलालले (पेनाल्टी) र ३६ औं मिनेटमा कामिल अल अशवादले गोल गरे ।

नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई)मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् ।