२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आएरल्याण्ड ए ले नेपाल ए लाई दियो २२५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको दोस्रो खेलमा आएरल्याण्ड ए ले नेपाल ए लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन जोड्यो ।

उसका लागि कप्तान निल रकले ७१ र पिटर मुरले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै, जेम्स म्याककोलुमले २६, फिओन हाण्डले १९, रोस अडाइरले १७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ३ तथा कमल ऐरी र पवन सर्राफले १–१ विकेट लिए ।

यसअघि हिजो शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।