२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ: सचेतक थिङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली काँग्रेसले एक महिना अघिदेखि संसदीय छानविन समिति गठनको माग गरेपनि सरकारले बेवास्ता गरेको बताउनु भयो । उहाँले आफुहरुको कुरा सुनुवाई नभएका कारण संसद अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताउनु भयो । उहाँले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु काँग्रेसको गल्ती भयो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानविन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त ?’

उहाँले नेपाली काँग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानविनका लागि संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताउनु भयो ।