२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा



अ+ अ-

काठमाडौँ । नेपालसँगको ५ ट्वान्टी–ट्वान्टी खेलका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल शनिबार हुनेछ ।

टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्रे फ्लेचर ए‌ टोलीमा छन् ।

३५ वर्षीय चार्ल्सले अन्तिम पटक गत डिसेम्बरमा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र ७ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । वेस्ट इन्डिज टोली पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुने कार्यतालिका छ ।

वेस्ट इन्डिज ए सँगको यो शृङ्खला नेपालका लागि विश्वकपको तयारीका लागि निकै महत्वपूर्ण हुनेछ ।

वेस्ट इन्डिज ए क्रिकेट टोली:
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।