२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित भएको हो । योसँगै ५ खेलको सिरिज १–१ भएको छ ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै, गुलशन झाले २६, लोकेश बमले १७, आरिफ शेखले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिज ए का ओवेड म्याककोइ, गुदाकेश मोतीले २–२ विकेट लिँदा ओशाने थोमस र रोस्टोन चेजले १–१ सफलता हात पारे । नेपालका तीन ब्याट्सम्यान रनआउटको शिकार बने ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले ३६ बलमा ४३, गुदाकेश मोतीले ८ बलमा ३३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । रोस्टोन चेजले २२ बलमा २३ रन जोडे ।

यस्तै, जोनसन चाल्र्सले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । यस्तै, सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।




भर्खरै