२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका



अ+ अ-

एजेन्सी । अफगानिस्तानले बुधबार टि–२० विश्वकप २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । अफगानिस्तानको टी–२० विश्वकपमा स्टार अलराउन्डर राशिद खानले कप्तानी गर्ने भएका छन् । आईपीएल २०२४ मा सहभागी ८ खेलाडीले टोलीमा स्थान पाएका छन् ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानको कप्तानी गरेका हस्मतुल्लाह शाहिदीले टोलीमा स्थान पाएका छैनन् । अफगानिस्तानले जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुने टी–२० विश्वकपका लागि हजरतुल्लाह जाजाई, सिदिकुल्लाह अटल र मोहम्मद सलिम साफीलाई ट्राभलिङ रिजर्भमा समावेश गरेको छ ।

हाल आईपीएलमा राशिद खान, अजमातुल्लाह ओमरजाई, नूर अहमद, फजलहक फारुकी, नवीन उल हक, मोहम्मद नाबी, रहमानउल्लाह गुरबाज र गुलबदिन नाइब विभिन्न टोलीको हिस्सा छन्, जो टी–२० विश्वकपमा आफ्नो छाप छोड्ने देखिन्छ ।

अफगानिस्तान टोलीमा रहमानुल्लाह गुरबाज, इब्राहिम जद्रान, नजिबुल्लाह जद्रान र मोहम्मद इशाक गरी चार ब्याट्सम्यान छन् । टोलीमा ६ अलराउन्डरले स्थान पाएका छन् ।

अलराउन्डरको भूमिकामा राशिद खान, अजमातुल्लाह उमरजाई, मोहम्मद नाबी, करिम जनात र नांग्याल खरोतीले खेल्नेछन् । स्पिन विभागको जिम्मेवारी मुजिब उर रहमान र नूरलाई हुनेछ, जसलाई राशिद, नाबी र खरोतीले साथ दिनेछन् । फास्ट बलिङ विभागको जिम्मेवारी नवीन उल हक, फजलहक फारुकी र फरीद अहमदले सम्हाल्नेछन् ।

अफगानिस्तान २० टोलीको प्रतियोगितामा समूह सी मा परेको छ । अफगानिस्तानसँगै न्युजिल्यान्ड, सह आयोजक वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनीले स्थान पाएका छन् । राशिद खानको नेतृत्वमा रहेको अफगानिस्तान टोलीले जुन ३ मा युगान्डाविरुद्ध खल्दै टी–२० विश्वकप सुरु गर्नेछ ।

यस्तो छ स्क्वाडः राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, अजम्तुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करीम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक ।