२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गर्यो । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यद्यपि, सिरिज भने वेस्ट इन्डिज ए ले जितिसकेको छ । ५ खेलको सिरिज ३–२ मा सकिएको छ ।

अन्तिम खेलमा नेपालको जितमा आसिफ शेख र अनिल शाहले अर्धशतीय इनिङ्स खेले । आसिफले ३५ बलमा ५१ तथा अनिलले ४५ बलमा ५८ रनको योगदान दिए । यस्तै, कुशल मल्ल ३७ रनमा अविजित रहे ।

१८ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । १८ औं ओभरमा उनले सबै बाउन्ड्री प्रहार गरे । छक्काबाट सुरु गरेका मल्लले त्यसपछि लगातार चौका हिर्काए । यस्तै, कुशल भुर्तेलले १३ रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिज ए का ओवेड मक्वेले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोड्यो ।

उसका लागि एलिक अथानाजेले अविजित ४२, रोस्टन चेजले ३३, जोनसन चाल्र्सले २४, म्याथ्यु फोर्डेले २३, कादिम एलिएने र मार्क देयालले ११–११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले ३–३ विकेट लिँदा अभिनाश बोहराले एक सफलता हात पारे ।