२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५९ औं खेलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजेदेखि गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । जारी सिजनमा दुई टोली दोस्रो खेल पटक भिड्दैछन् । पछिल्लो खेलमा चेन्नई ६३ रनले विजयी भएको थियो ।

गुजरात र चेन्नईले १२ औं खेल खेल्नेछन् । गुजरातले ११ मध्ये ४ खेल मात्रै जितेको छ भने ७ खेलमा पराजित भएको छ । टोली अंक तालिकाको पुछारमा छ । यता, ११ खेलमध्ये ६ मा जित र ५ हार ब्यहोरेको चेन्नई १२ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेर चेन्नईले प्लेअफका लागि आफ्नो स्थान बलियो बनाउने छ ।

दुबै टोलीबीचको हेड टु हेड बराबर छन् । यी दुईबीच ६ वटा आईपीएल खेल भएका छन् । गुजरातले ३ मा र चेन्नई ३ मा विजयी भएका छन् । चेन्नईले पछिल्ला तीन खेल जितेको छ ।

नरेन्द्र मोदी स्टेडियममा दुवै टोली दुई पटक आमनेसामने भएका थिए, जसमा एक पटक गुजरातले जित्यो र एक पटक चेन्नईले जित्यो । गत सिजनको फाइनल पनि यही मैदानमा भएको थियो, जसमा चेन्नई ५ विकेटले विजयी भएको थियो ।

पहिलो दुई सिजनमा प्लेअफमा पुगेको जीटी टोलीको प्रदर्शन यस सिजनमा खास रहेन । हाल टोली अंक तालिकाको पुछारमा छ । साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा ११ खेलमा ४२४ रन छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १० विकेट लिएका छन् ।

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ११ खेलमा ५ सय ४१ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टोलीका शीर्ष दुई विकेट लिने खेलाडी मुस्ताफिजुर रहमान र मथिश पाथिराना स्वदेश फर्किएका छन् । टोलीका तेस्रो सर्वाधिक स्कोरर तुषार देशपाण्डे आजको खेलका लागि उपलब्ध हुनेछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी सावित भएको छ । अहिलेसम्म यहाँ ३४ आईपीएल खेल खेलिएका छन् । १४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने १८ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ । यहाँको उच्चतम टिम स्कोर २३३/३ हो, जुन गुजरातले गत सिजन मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो ।