२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण रद्द भएको खेलको टिकटको पैसा फिर्ता गर्दै गुजरात



अ+ अ-

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारी वर्षाका कारण आईपीएल २०२४ को ६३औँ खेल रद्द भयो ।

जारी सिजनमा गुजरात टाइटन्सको अन्तिम घरेलु खेल कोलकाता नाइट राइडर्ससँग खेल्ने थियो । तर वर्षाले खेलाडीको मात्रै नभई रंगशालामा उपस्थित दर्शकको पनि आशामा चकनाचुर पारेको छ ।

खेल रद्द भएपछि गुजरात टाइटन्स प्रतियोगिताबाट बाहिरिने तेस्रो टोली बनेको छ । प्रतियोगिताबाट बाहिरिएपछि पनि गुजरात टाइटन्सको टोली आफ्ना फ्यानहरूको मन जित्न सफल भयो ।

गुजरातका प्रमुख अपरेटिङ अफिसर कर्नल अरविन्द सिंहले भने, ‘हामीले मौसमका कारण खेल खेल्न नसकेकोमा धेरै दुःखी छौं । तर, टाइटन्स फ्यान परिवारको अतुलनीय सहयोगको सम्मानमा, हामी सबै टिकट धारकहरूलाई पूर्ण रकम फिर्ता दिनेछौं ।’

टिकट फिर्ताको लागि आफ्नो वैध भौतिक टिकटहरू सुरक्षित राख्नुपर्नेछ । टिकट लिएकालाई टिकटको पूरा रकम फिर्ता गरिनेछ । पेटीएम द्वारा मे १४ मा इमेल र ह्वाट्सएप मार्फत जानकारी साझा गरिनेछ ।