२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह



अ+ अ-

काठमाडौं । विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।

छानबिन समिति गठन सम्बन्धी कार्यदलले टीओआरमा सहमति जुटाउने प्रयास गरिरहेको छ ।

कार्यदलमा सहमति जुटाउनका लागि कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार लागेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि बैठकमा थपिएका थिए ।