२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजनेस दिन नसकेपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । संसद्लाई विजनेस नै दिन नसकेपछि सरकारले अधिवेशन नै अन्त्य गर्ने तयारी गरेको छ । सम्भवत: भदौको दोस्रो सातासम्म अधिवेशन अन्त्य हुने छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि अधिवेशन अन्त्य गरिने भएको हो । अहिले प्रतिनिधिसभाले पास गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभामा विचराधीन छ । यो विधेयक आगामी सातासम्म राष्ट्रियसभाबाट पारित हुने अपेक्षा सरकारले गरेको छ ।

संघीय संसद् अहिले विधेयकविहीन अवस्थामा छ । विधेयक नै नभएपछि सरकारले संसदको चौथो अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । समितिमा भने विभिन्न १७ वटा विधेयक विचाराधीन छन् । ती विधेयक संसद्मा पुर्‍याउन समितिहरुलाई नै थप सक्रिय बनाइने भएको छ । समितिलाई विधेयकमाथि छलफल गर्न प्रर्याप्त समय उपलब्ध गराउन पनि अधिवेशन अन्त्य गर्न लागिएको हो ।

संक्रमणकालीन न्याय जत्तिकै महत्वपूर्ण संघीय निजामती, विद्यालय शिक्षा र भ्रष्टाचार निवारणजस्ता विधेयकहरु छलफलकै क्रममा समितिमा छन् । छलफलका लागि पर्याप्त समय नपाएको बताएपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेर समितिहरुलाई विधेयकमै केन्द्रित गरेर सक्रिय बनाउन खोजेको हो ।

संसद्को राज्यब्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन र संघीय निजामती सेवा विधेयक विचाराधीन अवस्थामा छ । शिक्षा समितिमा पनि चार वटा महत्वपूर्ण विधेयक छन् । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समेत विधेयक अड्किएर बसेका छन् ।

अब अधिवेशन अन्त्य गरेर समितिलाई प्रभावकारी बनाउँदै विचाराधीन विधेयक टुंगो लगाउने तयारी छ । समितिहरुले सबै विधेयक पारित गरेर पठाएमा संसद्को पाँचौं अधिवेशन थप प्रभावकारी हुने अपेक्षा सरकारको छ ।