२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी टेस्टमा भारत अष्ट्रेलियासँग ६ विकेटले पराजितः १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी गुमायो



अ+ अ-

काठमाडौँ । सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै भारतीय टोली बोर्डर–गावस्कर ट्रफीमा ३–१ ले पराजित भयो ।

अष्ट्रेलियाले १० वर्षपछि यो सिरिजमा भारतलाई हराएको हो । यसअघि सन् २०१४-१५ सिजनमा एमएस धोनीको कप्तानीमा भारतबाट अष्ट्रेलियाले सिरिज खोसेको थियो ।

आइतबार खेलको तेस्रो दिन भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे । यी दुई बाहेक उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो ।

यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो । यसरी भारतले पहिलो इनिङ्समा ४ रनको अग्रता लिएको थियो ।

भारत डब्लुटीसी फाइनलको दौडबाट बाहिर, अष्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा

यस पराजयपछि भारतीय टोली (५०.००%) विश्व टेस्ट च्याम्पियनसिपको वर्तमान चक्रमा फाइनलको दौडबाट बाहिरिएको छ भने अस्ट्रेलिया (६३.७३%) लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाले अब विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।