काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा रहेको कार्यलयमा शुरु भएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालय नौ सदस्यहरु बैठकमा सहभागी हुनु भएको छ ।
तस्वीर : सूर्य थापाको ट्वीटरबाट
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पार्टी एकता भएको दुर्य बर्ष पछि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।अध्यक्ष ओली पहिलो पटक पेरिसडाँडा जानु भएको हो । बैठकमा भदौ २६ गते सम्पन्न पार्टी स्थायी कमिटीले गरेका निर्णयहरुलाई कार्यन्वयनमा लैजाने बारे छलफल हुने जनाईएको छ । स्थायी समितिले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो।












