२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब खेलकुद क्षेत्र पनि सुचारु गर्नुपर्छ – खेलाडीहरु



अ+ अ-

गर्ने 
अब खेलकुद क्षेत्र पनि सुचारु गर्नुपर्छ –खेलाडीहरु
काठमाडौ। ७ महिना देखी खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औं दक्षिण एसियाली खेलकुद सागपछि कति पय खेलाडी प्रतियोगिता विहिन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ । अन्य देशमा सहभागि हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदन्डभित्र रहेर खेललाई निखारी रहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरि रहेका छन् । 
सरकारले तोकको मापदण्डलाई पालना गर्दै लकडान र निषेधाज्ञाको बीचमा खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सिमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किदा हौसिएका पनि थिए । तर लगत्तै लागेको निषेधाज्ञाले खेलाडीलाई निराश बनायो । अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कल कारखाना देखी व्यवसायले मापदन्ड अपनाएर खोल्ने अनुमति पाए पनि भिडभाड हुने गतिविधि सञ्चालनमा आउन सकेका छैनन् । त्यो मध्येको खेलकुद क्षेत्र पनि फर्किन सकेको छैन ।

अन्य क्षेत्रमा खुकुलो अपनाएसँगै खेलकुद क्षेत्र फर्काउन पहल भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बताउनुभयो ।  विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार खेल क्षेत्र खुलाउने गरी सम्बन्धित पक्षसँग आफुले नियमित छलफल गरिरहेको उहाँले बताउनुभयो । बढीमा अबको ७ दिनभित्रमा खेलकुद प्रशिक्षणका गतिविधिहरु पनि सञ्चालन गर्न सरकारले अनुमति दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । मापदण्ड पालना गर्दै बी र सी डिभिजनको महिला लिग र राष्ट्रिय लिग सुरु गर्ने विषयमा पनि राखेपमा कुरा आइरहेकाले त्यो विषयमा पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

उपत्यकामा तत्काल सम्भव नभएपनि जुन खेलाडी जहाँ छ त्यही ठाउँमा प्रशिक्षणको वातावरण बनाउने र अवस्था सहज हुँदै गएपछि खेलाडीहरुलाई प्रशिक्षणमा सहभागित गराउनुपर्ने विषयमा छलफल चलेको सिलवालले बताउनुभयो । अन्य खेलकुद गतिविधिहरु पनि अवस्थ हेरेर प्रशिक्षण सुरु गर्नुपर्ने र अहिलेको अवस्थामा पदकाधारी खेलाडीहरुलाई तत्काल प्रशिक्षणमा सामेल गराउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।विश्वका अन्य मुलुकहरुमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधिहरु सञ्चालनमा समस्या नभएको उहाँको भनाईछ । नेपालको सन्दर्भमा घरबाट वा डेरामा बसेर खेल्नुपर्ने अवस्था भएका कारण संक्रमण त्रास रहेको उहाँले बताउनुभयो ।

नेपाली खेलाडी अभ्यासमा फर्किन आतुर छन् । शारीरिक हिसाबमा सन्तुलन रहन भए पनि खेलाडीको दिन नियमित प्रशिक्षको पर्खाइमा वितिरहेको छ । सागमा पाएको सफलता पछि ओलम्पिक लक्ष्य बनाएका खेलाडीको लागि स्वास्थ प्रोटोकल अपनाएर अभ्यासको वातावरण प्रवन्ध गर्नु पर्ने बताउँनुहुन्छ , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ । सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला संघसंस्थाबीच समन्वयन हुन नसक्दा समस्या देखिएको उहाँले बताउनुभयो ।

श्रेष्ठको भनाई जस्तै खेलाडी पनि खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय स्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको टड्कारो छ । अभिभावक नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धीत संघले खेलाडीको विषयमा समयमा नै ध्यान दिन जरुरी छ । समयमा नै ध्यान नदिन नेपालको सहभागिता औपचारिकतामा पनि सिमित नहोस ।