२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वरो बढेपछि कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनलाई केहिदिन अघि कोरोना संक्रमण देखिएको थियो ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

नेता शशांकको उपचारका लागि ओम अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।