२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । कोरोनाभाइरसको संक्रमणबाट सप्तरीका ३५ वर्षीय पुरुषको बुधबार बिहान निधन भएको छ । जिल्लाको खडक नगरपालिका–३ का पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत भदौ २८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । 

मृगौलाको समस्या भएर विगत १ वर्षदेखि हप्ताको २ पटक डाइलाइसीस गर्ने गरेका उनलाई उच्च रक्तचापको पनि समस्या रहेको डा। सापकोटाले बताए ।