२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ वर्षदेखि वीर अस्पतालमा रहेकी गंगामायाको विचल्ली



अ+ अ-

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ ।

सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहनुभएका उहाँलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको हो । पहिलो तलाको क्याबिन नम्बर ७ मा रहेकी अधिकारीले त्यहाँ कोभिडका विरामी बस्ने भएपछि क्याबिन खाली गर्नुपर्ने भएको हो । डाक्टरले कोभिडका विरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उहाँले बताउनुभयो । काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै उहाँले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यही बस्ने बताउनुभयो । 

अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ । अधिकारीले क्याबिन भएको ठाउँमा खोज्नुभएको अस्पताल प्रशासनले जनाएको छ । तर ट्रमा सेन्टरमा क्याबिन नभएकाले अहिलेसम्म ठाउँको टुंगो लाग्न सकेको छैन । गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने सरकारले जनाएको छ ।