२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक पहिरो (अपडेट): मृतक २ जनाको सनाखत



अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ । पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले  जानकारी दिईन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाका अनुसार नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको हो ।

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १७ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।