२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीमा निःशुल्क खानाः कसरी तयार हुन्छ ?



अ+ अ-

काठमाडौं ।कोरोनाका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति र संघ संस्थाले अहिले निः शुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्ने गरेका छौँ । चार महिना लामो लक डाउन, त्यसपछिको निषेधाज्ञाको यो समयमा सयौ व्यक्तिहरुका लागि खाना बनाएर सधै एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । हो उनीहरुले बनाउने खाना कसरी बन्छ ? कहाँ बन्छ ? खर्च कसरी व्यवस्थापन गर्छन होला ? खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ ? 


विश्वव्यापी बनेको कोरोना महामारीले नेपाललाई पनि नराम्रारी प्रभाव पारेको छ । हजारौं संक्रमित भएका छन् । तीन सय बढीले ज्यान गुमाएका छन । भने, लाखौले रोजगारी गुमाएका छन । कोरोनाका कारण रोजगारीमा मात्रै होइन हजारौले दुई छाक खाना खान समेत पाएका छैनन । गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनले धेरैजना हप्ता दशदिन भन्दा बढी समय भोकै बस्न बाध्य भए । अवस्था तत्काल सामान्य नहुने अवस्था आएपछि मनकारी व्यक्ति र संघसंस्थाहरुले कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले ।

कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन । तिनै मध्येकी एक हुन इन्दिरा रानामगर (संस्थापक—बन्दी सहायता नेपाल) । कोरोना महामारी अघि जलका आश्रीत बालबालिलाई हेर्दै गरेको उहाँको संस्थाले अहिले कोरोनाका कारण समस्या परेका खान नपाएका अशक्त व्यक्ति र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको छ । पहिलो दिन आफ्नो संस्थामा रहेका बोहक २० जनालाई खाना खुवाउनु भएका रानामगरले दोस्रो दिन ३०, तेस्रो दिन ४० हुँदै एक महिना नपुग्दै दैनिक २ जना खाना खुवाउन थाल्नुभयो । अहिले विभिन्न क्षेत्रमा गरी एक दिनमा ७ सय बढीलाई खाना खुवाइरहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिलो दिन २० जनालाई पकाएर खुवाए । त्यसपछि ३०, ४० जना हुँदै एक महिना नपुग्दै २ सय जनालाई खुवाइयो ।’’

सुरुमा ठमेलको संचयकोष क्षेत्रमा खाना खुवाइरहेपछि स्थानीय तहका पदाधिकारी र केही स्थानीयहरुले कोरोनाको बेला भिडभाड र फोहोर ग¥यो भन्ने बाहनामा आफुमाथि दुव्र्यहार गरेको उहाँको अनुभव छ । संस्थाका सबै स्टाफहरु नभएको बेला दरबारमार्ग बृत्तका प्रहरीहरुले समेत खाना बाँड्न सहयोग गरेको उहाँको भनाई छ । सुरुमा दुई छोरी र आमा मिलेर दैनिक खाना बनाउने, प्याकिङ गर्ने, खुवाउने र साँझ आएर भाँडा धुने काम गर्ने गरेकोमा अहिले भने अन्य स्टाफहरु पनि आइसकेपछि केही सहज भएको उहाँको भनाई छ । संक्रमणको जोखिम नहोस भनेर सधै आफै खाना डेलिभरी गरी अशहायहरुलाई बाँड्नुहुन्छ रानामगर ।

आफुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खाना वितरण गर्ने गरेको उहाँको भनाई छ । सुरुको दिनमा आफ्नै खर्चबाट पकाएर खुवाउने गरेको भएपनि अहिले विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्ने गरेका छन । कसैले जन्मदिनको अवशरमा त कसैले कुनै न कुनै अवशर पारेर नगद तथा अन्य सहयोग गर्दै आएका छन । विहानै देखि खाना तयारीका लागि ड्युटीमा खटिनुपर्ने भएपनि सहयोगीहरुलाई काममा आउनै पर्ने जवरजस्ती भने नगरेको उहाँको भनाई छ । तर काममा आए÷नआएपनि सुरक्षीत बस्न आफ्नो स्टाफहरुलाई सधै भन्ने गरको उहाँले बताउनुभयो । लक डाउन अघिसम्म बढीमा २ सयजनाका लागि खाना बनाएको अनुभव सुनाउनुहुने रानामगर अहिले अहिले ७ सय भन्दा बढी व्यक्तिका लागि खाना तयार गर्नुहुन्छ, करिब पौने १ घण्टामा ।

दैनिक औषतमा ३ बोरा चामल पकाउने गरेकोमा कहिलेकाँही बढी मान्छे भएमा पहिलो चरणमा खाना बाँडेर पुनः पकाउँदै बाँड्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । पोषणयुक्त खाना र सरसफाईमा विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले अहिले १ सय रुपैयाँले दैनिक ३ जनालाई खाना खुवाउने गरेको बताउनुभयो । खाना तयार गर्दा देखि प्याकिङ गरी वितरण गर्दासम्म १ सय बराबर तीन जनालाई खाना खुवाउनुहुन्छ, रानामगर । 
महामारीको समयमा अरुलाई दोष दिएर बस्नुभन्दा सबै मिलेर एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्ने सुझाव इन्दिराको छ । भन्नुहुन्छ, ‘‘प्रत्येक नेपालीले एक रुपैयाँ र १ माना मात्रै चामल दिएपनि अहिलेको समस्या समाधानका गर्न सकिन्छ । जनताले नै जनताको समस्या समाधान गर्ने हो । नेपाली मनका धनी छन्, यो महामारीको समयमा त्यो छर्लङ्ग देखिएको छ । देशविदेशमा रहेका दाजुभाइहरुले सहयोग गरिरनुभएको छ ।

अहिले पनि नेपाल सरकारले सेवानिवृत कर्मचारीहरुले पनि सहयोग गरिरहनु भएको विभिन्न क्षेत्रबाट ।’’ सरकारका कामजोरीहरु औल्याउँदै सुझाव दिने र मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले अहिले ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा ७ सय भन्दा बढीलाई दैनिक खाना खुवाउँदै आउनुभएको छ ।