२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुष्टले डसिहाल्यो नि !



अ+ अ-

काठमाडौ । अत्यन्त संयमित र अनुशासित जीवनशैली अपनाएर घरमै बस्दा पनि , शायद मानवजातिलाई सखाप पार्न आएको , दुष्ट कोरोनाले डसेरै छोड़्यो । तर शुभेच्छु र मान्यजनहरूको शुभेच्छा र आशीर्वाद तथा दक्ष चिकित्सकहरूको सहयोगले गर्दा पूर्ण स्वस्थ्य भै अस्पतालबाट फर्किएको छु ।  कुनै लक्षण प्रकट नभए पनि आशंकाको भरमा कसैले स्टार र कसैले ह्याम्स परिक्षण गराउदा श्रीमती ज्ञानु  र  छोरी डा।ओजस्वीसहित मेरो स्तब्धकारी नतीजा आएपछि घरमै आइसोलेसनको विधि अनुरूप वसेकोमा तीन दिनपछि अस्पताल जानु पर्ने बिवशता आयो ।अनि पुगें ( कोविडको उपचारमा समर्पित र सुविधाजनक अस्पतालको रूपमा चर्चित  ए पी एफको हस्पीटलको शरणमा ।

त्यहॉ प्रवेश गरेदेखि अन्त्यसम्म  दक्ष चिकित्सकहरुको निगरानी , अनुगमन र सेवाको परिणाम ११ औं दिन बल्ल कोरोना भाग्यो ।८दिन अस्पताल वसेर ‘कोरोना मुक्त ‘ को प्रमाणपत्र लिएर आएँ । 
 ज्ञानु र ओजस्वी अझै त्यहीं छन् । उनीहरूको स्वास्थ्य सुधोरोन्मुख छ । उनीहरू पनि छिट्टै “कोरोना( मुक्त” घोषित हुने क्रममा छन् ।उनीहरूको प्रतीक्षामा छु । कोरोना संक्रमणको पुष्टी यताको समय अत्यन्त तनावपूर्ण एबम् मानसिक र शारीरिक दृष्टिले कष्टयुक्त रह्यो । तत्कालै अस्पताल उपलब्ध गराइ सहयोग गर्नु भएकोमा ए पी एफका महानिरीक्षक शैलेन्द्र खनाललाई हार्दिक धन्यवाद छ ।

त्यस्तै, डा.प्रबीण नेपाल , डा . रोशन पराजुली, डा. कौशल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहयोग, सेवा तथा सह्रृदयी ब्यवहार यो सुखद परिणामको मुख्य कारक हो । डा। आर पी मा रहेजस्तो बिरामीलाई स्वस्थ र आशावादी महसुस गराउने कौशल तथा आत्मीय ब्यवहार प्राय अन्त पाइन्न । उहॉहरू सवैलाई धन्यवाद छ ।तनाव र संघर्षको  यो जटिल क्षणमा शुभेच्छा र आशीर्वाद दिएर मनोबल र शक्ति उच्च पारिदिनु हुने सम्पूर्ण मान्यजन तथा शुभेच्छुहरूमा आभार ब्यक्त गर्दछु ।