२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन देशमा राजदूतमा सिफारिस नाम संसदीय सुनुवाईबाट अनुमोदन



अ+ अ-

काठमाडौ । सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।  समितिको आजको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

सरकारले खड्कालाई जर्मनी, राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफरिस गरेको थियो । प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्र समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताउनुभयो ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार राजदूतहरुको नाम सिफारिस नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । रिक्त रहेका सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ती गर्दा सोही अनुसार गर्न सरकारलाई समितिले निर्देशन समेत दिएको छ ।