२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन मन्त्री भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत वड बीच भेट



अ+ अ-

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार  भेटवार्ता भएको छ ।सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसवाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गदै कोभिड १९ ले सृजना गरेको विकराल समस्याका विच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरि नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गनु भयो । उहाँले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । 
मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको विचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गनु भयो . मन्त्री भट्टराईले  अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा  राजदुतको सहयोगको  अपेक्षा गर्नु भएको थियो .राजदुत वडले आफनो तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग विदाई भेट गर्नु भएको हो ।