काठमाडौं । सरकारले ३ बर्षपछि जग्गा कित्ताकाट खुल्ला गरेको छ । १८ भदौमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।
तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २०७४ सालमा देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन ।
‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।
मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।













