रातो मत्स्येन्द्रनाथको रथ आज (आइतबार) दिउँसो तानिएको छ । रथ रहेको स्थान ललितपुरको पुल्चोकदेखि केही पर सोह्रखुट्टे पाटीसम्म तानिएको हो । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्याउनुपर्छ । तर यस वर्ष कोभिड १९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको हाे ।
भिडियाेः न्यूज एजेन्सी नेपाल












