भरतपुर–नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका प्रभाबशाली नेता अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन् । चितवन स्थित भरतपुर अस्पतालमा उपचार पछि घर जाने क्रममा शनिबार दिउसो प्रहरीले शर्मालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा शर्मा विरुद्ध मुद्धा भएका कारण नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
पक्राउ पछि शर्मालाई धनुषा पठाईने प्रहरीले जनाएको छ । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या भएपछि उनि उपचारक क्रममा हुनहुन्थो । सूरुमा पुरानो मेडिकल कलेजमा उपचार गराउनु भएका शर्मा लाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पतालमा उपचार गराएको थियो ।












