रातो मछिन्द्रनाथ को रथयात्राको आज क्षमा पूजा हुने गरिएको छ । बिहान ९ बजेर ३० मिनेटमा रातो मछिन्द्रनाथको क्षम पूजा गरिएका हो ।
रथयात्रा सचारु हुनु पर्ने माग राख्ने समुहलाई रोक्ने क्रममा झडपपछि सरोकारवालाहरुको बसेको बैठकले ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णय गरे पछि आज बिहान क्षम पूजा गरिएको हो । बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय समेत गरेको छ ।
भाद्र २६ गते मछिन्द्रनाथलाई बुंगमति पुर्योईने कार्यतालीका पनि बनाईएको छ ।












